+
Search

ताजा अपडेट +

पपुलर +

क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते

4KNationalDaily
२०८१ कार्तिक २५, आईतवार १२:०४ बजे

काठमाडौं- क्रसर, बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते हुने भएको छ ।

महाधिवेशन महोत्तरीको बर्दिवासमा हुने महासंघले जनाएको छ । महाधिवेशको उद्योगमन्त्री दामोदर भण्डारीले प्रमुख आतिथ्यता गर्नेछन् ।

महासंघका महासचिव पुरुषोत्तम रेग्मीका अनुसार महाधिवेशनमा देशभरिबाट ७८० क्रसर बालुवा तथा खानी उद्योग व्यवसायी सहभागी हुनेछन् । महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily