+
Search

ताजा अपडेट +

पपुलर +

मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारी विराटनगरबाट पक्राउ, काठमाडौं ल्याउने तयारी

4KNationalDaily
२०८१ कार्तिक २५, आईतवार १२:२७ बजे

काठमाडौं– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर विराटनगरबाट काठमाडौं ल्याइन लागेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

अधिकारीलाई केही दिनअघि जापान मानव तस्करी गरेको आशंकापछि टोकियो विमानस्थलबाटै फिर्ता गरिएको पाइएको छ । उनलाई मानव तस्करीको आरोप लागेको छ । प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने भए पनि उनी आफूखुसी जापान गएका थिए ।

उनीसँगै तीन जना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको छ । संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी कात्तिक १३ गते जापान उडेका थिए । टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको थियो ।

उनी नेपाल फर्किनासाथ मन्त्रीबाट राजीनामा दिएका थिए भने एमालेले पनि शनिबार पार्टीबाट निलम्बन गरेको छ ।

मन्त्रालयको नक्कली कागजात बनाएर जापान गएका तीनसमेत मन्त्री अधिकारीलाई जापानको विमानस्थलबाटै डिपोर्ट गरिएको थियो ।  नक्कली कागजात बनाएका तीन जनालाई  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिसकेको छ ।

उनीहरुको बयानका आधारमा अन्य थप तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दियो । विवादपछि मन्त्री अधिकारीले बुधबार नै मुख्यमन्त्री हिक्मत कार्की समक्ष राजीनामा बुझाइसकेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily