+
Search

ताजा अपडेट +

पपुलर +

नबिल बैंकको नाममा स्क्याम, सामाजिक सञ्जालमा आउने लिंक नखोल्न आग्रह

4KNationalDaily
२०८१ कार्तिक २५, आईतवार १३:०५ बजे

काठमाडौं- नबिल बैंकले आफ्नो नाम प्रयोग गरेर विभिन्न अनधिकृत वेवसाइटहरूबाट ठगी गर्ने प्रयास भएको जनाएको छ ।

बैंकले सूचना जारी गर्दै नबिल बैंकको नाम प्रयोग गरेर विभिन्न अनधिकृत वेबसाइटहरुबाट ठगी गर्ने प्रयास भइरहेको जनाएको हो ।

सुरक्षित रहनका लागि बैंकको सधैँ आधिकारिक वेबसाइट नबिल बैंक डटकम र एनबैंक डट नबिल बैंक डटकम मात्र प्रयोग गरेर वित्तीय लेनदेन गर्न बैंकले अनुरोध गरेको हो ।

सामाजिक मिडियामा देखिएका शंकास्पद विज्ञापनहरुमा आउने कुनै पनि लिंकमा क्लिक नगर्न बैंकले आग्रह गरेको छ । साथै कुनै शंका लागेमा तुरुन्त बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily