+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरले टुकुचा सफाइमा तीव्रता दिदै

4KNationalDaily
२०८१ कार्तिक २६, सोमबार १२:२० बजे

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा आज महानगर अन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ ।

इच्छुमतीको भद्रकाली, सिंहदरबार क्षेत्रमा सफाइ गरिएको विभागकी उपनिर्देशक सानुमाया महर्जनले जानकारी दिइन् । इच्छुमतीमा जम्मा भएको फोहर निकालेर किनारमा थुपारिएको छ ।

विभागले यसअघि असारमा पनि यसरी नै इच्छुमतीलगायत नदी सफाइ गरेको थियो । ६ महिना नबित्दै फेरि नदीमा जम्मा भएको बोतल, प्लाष्टिकलगायत नकुहिने फोहर सफाइ गरिएको हो । महानगरले सफाइसँगै फोहर गर्नेलाई समातेर कानुनी कारबाहीको दायरामा ल्याउने तयारी पनि गरेको जनाइएको छ ।

महानगरले काठमाडौं उपत्यका भएर बग्ने वाग्मती, विष्णुमती, रुद्रमती, बल्खुलगायत नदीमा पनि सफाइ गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily