+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य २४०० घट्यो, कारोबार मूल्य प्रति तोला एक लाख ६२ हजार ६ सय

4KNationalDaily
२०८१ कार्तिक २७, मंगलवार ११:३७ बजे

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुनको भाउ तोलामै २४ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

सोमबार छापावाला सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो। विगत तीन दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ। सोमबार प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १९ सय २५ रुपैयाँ छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily