+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि आवेदकहरूलाई अन्तर्वार्तामा बोलाइयो

4KNationalDaily
२०८१ कार्तिक २९, बिहीबार ०९:२८ बजे

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका आवेदकहरूमध्ये तीन जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाइएको छ।

अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन सूचना जारी गरेको हो ।

सूचना अनुसार, संक्षिप्त सूचीमा परेका आवेदकहरूमा कृष्ण बहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा.नवराज अधिकारी रहेका छन्।

उनीहरूलाई आगामी ९ मंसिरका दिन बिहान ८:०० बजे सिंहदरवारस्थित अर्थ मन्त्रालयमा अन्तरवार्ताका लागि बोलाइएको छ।

यसअघि असोज १८ गते अन्तर्वार्तामा बोलाइए पनि अन्तिम समयमा अन्तर्वार्ता स्थगित भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily