+
Search

ताजा अपडेट +

पपुलर +

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

4KNationalDaily
२०८१ मंसिर १, शनिबार ०६:५८ बजे

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

आज मटरकोशाको मूल्य प्रतिकिलो १२० देखि १३० रुपैयाँ प्रतिकिलो छ। शुक्रबार यसको भाउ १५० देखि १६० रुपैयाँ प्रतिकिलो थियो।

यस्तै, तितो करेला किलोमै ३० रुपैयाँ महँगिएको छ। शुक्रबार प्रतिकिलो ७० देखि ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको तितो करेलाको मूल्य शनिबार १०० देखि १२० रुपैयाँ पुगेको छ।

तने बोडी आज किलोमा २० रुपैयाँ सस्तिएर किलोको १२० देखि १३० रुपैयाँ तोकिएको छ। घिरौला १० रुपैयाँ महँगिएर किलोको ७० देखि ८० रुपैयाँ तोकिएको छ।

यस्तैगरी, सानो लोकल गोलभेँडाको मूल्य किलोमा १५ रुपैयाँ बढेको छ। आज यसको भाउ ६५ देखि ८० रुपैयाँ प्रतिकिलो छ। ठूलो गोलभेँडाको भाउ स्थिर रही ९० देखि १०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily