+
Search

ताजा अपडेट +

पपुलर +

भ्रष्टाचार मुद्दामा सफाइ पाएका वैकुण्ठ अर्यालले दिए राजीनामा

4KNationalDaily
२०८१ मंसिर ३, सोमबार ११:०६ बजे

काठमाडौं– डा. बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् ।

उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरे राजीनामा दिएका थिए ।

अर्यालले आइतबार दिउसो राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रूपमा हाजिर गरेका थिए ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुनः फर्केका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक २० मा योजना आयोगमा रमाना पठाएको थियो ।

डा. अर्यालमाथि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्टै १० असारमा मन्त्रिपरिषद्ले उनलाई योजना आयोगमा सरुवा गर्ने निर्णय गर्दै विशिष्ट श्रेणीको पद सिर्जना गरेको थियो। तर, यो पदमा कुनै स्पष्ट कार्यक्षेत्र भने तोकिएको थिएन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily