+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो, चाँदीको कति ?

4KNationalDaily
२०८१ मंसिर ३, सोमबार १२:२३ बजे

काठमाडौं- नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा १ हजार रुपैयाँ बढेको हो ।

अघिल्लो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी सोमबार चाँदीको मूल्य तोलामा १ हजार ९२० रुपैयाँमा कारोबार भएको छ ।

आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य बढेर प्रतिऔंस २६९२.९ डलर पुगेको छ।

आइतबार सुन प्रतिऔंस २५६५ डलर थियो।चाँदीको मूल्य आज प्रतिऔंस ३०.७२ डलर छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily