+
Search

ताजा अपडेट +

पपुलर +

५१ अंकले घट्यो नेप्से, कारोबार १० अर्ब बढी

4KNationalDaily
२०८१ मंसिर ४, मंगलवार १५:२७ बजे

काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.११ अंकले घटेको छ । आज नेप्से १.८५ प्रतिशतले घटेर २७०२.६५ विन्दुमा पुगेको छ ।

आज नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आज १० अर्ब ४६ करोड ८३ लाख २० हजार रुपैयाँ बारबारको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर कारोबार भएको छ ।

आज २० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३१० वटा कम्पनी १ लाख ५ हजार ८२७ पटक किनबेच भएको छ ।

आज १३ समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी होटल तथा पर्यटन ३.१७ प्रतिशतले घटेर ६ हजार ८४७.५० विन्दुमा आएको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१५ प्रतिशतले घटेर २१.८७ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह १.११ प्रतिशतले, विकास बैंक २.२९ प्रतिशतले, फाइनान्स २.३१ प्रतिशतले, हाइड्रोपावर ३.०७ प्रतिशतले, लगानी २.०८ प्रतिशतले, जीवन बीमा १.९४ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.४८ प्रतिशतले, लघुवित्त १.५० प्रतिशतले, निर्जीवन बीमा १.६९ प्रतिशतले, अन्य समूह १.५८ प्रतिशतले र ट्रेडिङ समूह २.२१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily