+
Search

ताजा अपडेट +

पपुलर +

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात घाइते

4KNationalDaily
२०८१ मंसिर ४, मंगलवार १८:२७ बजे

डडेल्धुरा- जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जिप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा आज दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु१ज ४५७९ नम्बरको जिप सडकबाट ३० मिटर तल खसेको हो । दुर्घटनामा सात जना घाइते भएका छन् ।

तीमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily