+
Search

ताजा अपडेट +

पपुलर +

७० अर्ब लागतमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् बन्दै, ६ बर्षमा उत्पादन गर्ने लक्ष्य

4KNationalDaily
२०८१ मंसिर ७, शुक्रबार १०:३६ बजे

गोरखा- ७० अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण हुने भएको छ । साहस ऊर्जाको मुख्य लगानीमा टाइम्स इनर्जीद्वारा प्रवर्द्धित बूढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् परियोजना रहेको जनाइएको हो ।

परियोजनाका लागि बैंकबाट ५२ अर्ब ५० करोड रुपैयाँ कर्जा लिइएको छ । यो परियोजनामा साहसको १७ अर्ब ५० करोड रुपैयाँ अर्थात् ५१ प्रतिशत लगानी हुनेछ ।

बूढीगण्डकी जलविद्युत् परियोजनाको वार्षिक क्षमता १८६७.७७ गिगावाट हुनेछ । यसैगरी मुख्य सुक्खा समयमा ३२०.३० गिगावाट, सामान्य सुक्खा समयमा २४३.४३ गिगावाट र वर्षा समयमा १३०४.०४ गिगावाट उत्पादन क्षमता हुने जनाइएको छ ।

परियोजनाको प्रतिमेगावाट खर्च २० करोड ५३ लाख रुपैयाँ रहेको बताइएको छ । परियोजना निर्माणपछि ३० वर्षका लागि विद्युत् खरिदबिक्री दर सुक्खायाममा १०.५५ प्रतियुनिट, सामान्य सुक्खायाममा ८.४० प्रतियुनिट र वर्षायाममा ४.८० प्रतियुनिट पर्नेछ ।

बूढीगण्डकीको बाँध क्षेत्र चुमनुव्री गाउँपालिकाको वडा नम्बर ३ र विद्युत् गृह धार्चे गाउँपालिकाको ३ मा पर्ने मुख्य लगानीकर्ता कम्पनी साहसले जनाएको छ ।

याे पनि,

५ प्रतिशत सेयर राखेर मल्होत्राले साहस ऊर्जालाई बेचे ३४१ मेगावाटको बूढीगण्डकी

परियोजना सम्पन्न गरी ०८७ सालको पुस १५ सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

परियोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) सकिइसकेको, वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति र वित्तीय व्यवस्थापन अन्तिम चरणमा रहेको जनाइएको छ ।

‘यस परियोजनाका मुख्य भौतिक संरचना भूमिगत रहेका कारण भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिम न्यून छ,’ टाइम्स इनर्जीले भनेको छ, ‘यस परियोजनाका लागि आवश्यक सडकको ट्रयाक खुलिसकेको छ ।’

याे पनि,

३४१ मेगावाटको बुढीगण्डकी आयोजना: ६५ अर्ब लागत अनुमान, पाँच बर्षभित्र उत्पादन लक्ष्य

कम्पनीको मुख्य प्रवर्द्धकबाट यस परियोजनाभन्दा अघि पाँच मेगावाट क्षमताको रुरु जलविद्युत् परियोजना र ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् परियोजना सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको बताइएको छ । ‘विद्युत् परियोजना निर्माणमा अनुभवी र सक्षम सञ्चालक समितिका साथै दक्ष र योग्य व्यवस्थापक समिति भएकाले बूढीगण्डकी परियोजनाको प्रतिफल पनि उच्च रहने आकलन गरिएको छ,’ टाइम्स इनर्जीकाे दाबी छ ।

याे पनि,

टाइम्स इनर्जीले ३४१ मेगावाटको बुढीगण्डकी निर्माण गर्ने, २०८५ चैतदेखि उत्पादनको लक्ष्य

सरोकारवाला भन्छन्- ‘उत्तरी करिडोर’ बुढिगण्डकी परियोजनाका कारण ओझेलमा पर्‍यो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily