+
Search

ताजा अपडेट +

पपुलर +

एलपी ग्यास र हवाई इन्धनको आयात बढ्यो, कति भित्रियो डिजल र पेट्रोल?

4KNationalDaily
२०८१ मंसिर ७, शुक्रबार २१:२५ बजे

काठमाडौं– हवाई इन्धन र ग्यासको आयात बढेको छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष चार महिनामा पोहोर सोही अवधिको तुलनामा हवाई इन्धनको आयात १५ प्रतिशतले बढेको छ।

यो वर्ष साउनदेखि कात्तिकसम्म हवाई इन्धन ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको ७१ हजार ८०९ किलोलिटर आयात भएको छ। पोहोर पहिलो चार महिनामा हवाई इन्धन ६ अर्ब ८४ करोड रुपैयाँ बराबरको ६१ हजार ६६४ किलोलिटर आयात भएको थियो।

एलपी ग्यास यो आर्थिक वर्ष ४ महिना १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको १७ करोड २४ लाख ८२ हजार ८३० केजी आयात भएको छ। गत वर्ष सोही अवधिमा १५ अर्ब ४५ करोड रुपैयाँ बराबरको १६ करोड ७९ लाख ९४ हजार ७५६ केजी एलपी ग्यास आयात भएको थियो।

डिजल र पेट्रोलको आयात भने घटेको छ। यसपालि चार महिनामा डिजल २९ अर्ब ४ करोड रुपैयाँ बराबरको ३ लाख २४ हजार ४३१ किलोलिटर आयात भएको छ। पोहोर सोही अवधिमा ४० अर्ब ३१ करोड रुपैयाँ बराबरको ३ लाख ५९ हजार ६०० किलोलिटर आयात भएको थियो।

यस्तै पेट्रोल २२ अर्ब ८७ करोड रुपैयाँ बराबरको २ लाख २३ हजार ८१० किलोमिटर आयात भएको छ। पोहोर चार महिनामा २१ अर्ब ५६ करोड रुपैयाँ बराबरको २ लाख ४७ हजार ४८१ किलोलिटर पेट्रोल आयात भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily