+
Search

ताजा अपडेट +

पपुलर +

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

4KNationalDaily
२०८१ मंसिर ९, आईतवार ११:२९ बजे

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन प्रतितोलामा एक हजार ७ सय रुपैयाँले बढेर एक लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

शुक्रबार सुन प्रतितोला एक लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला २० रुपैयाँ बढेर एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily