+
Search

ताजा अपडेट +

पपुलर +

पश्चिमी वायुको सामान्य प्रभाव ,आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

4KNationalDaily
२०८१ मंसिर १०, सोमबार ०७:१३ बजे

काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसअनुसार सोमबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहँदा तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

यस्तै, दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तैगरी, राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको समेत रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily