+
Search

ताजा अपडेट +

पपुलर +

लेखामान बोर्डको अध्यक्षमा ढुङ्गेल र लेखापरीक्षणमान बोर्डको अध्यक्षमा निरौला नियुक्त

4KNationalDaily
२०८१ मंसिर १३, बिहीबार १६:५४ बजे

काठमाडौं- नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई नियुक्त गरेको हो ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरूलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाई तथा सफलताको शुभकामना दिए ।

सो अवसरमा नवनियुक्त अध्यक्षहरूले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily