+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंक र भिजन कार्टबीच विशेष छुट सम्झौता

4KNationalDaily
२०८१ मंसिर १४, शुक्रबार १४:३१ बजे

काठमाडौं– कुमारी बैंक र भिजन कार्टबीच बैंकका ग्राहकलाई क्लिनिकका सेवामा छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार भिजन कार्टबाट बैंकका ग्राहकलाई इएम् शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम ४,००० रुपैयाँ सम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशतसम्म छुट दिइन्छ ।

साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट, र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइने बैंकले जनाएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईहरू मार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily