+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता

4KNationalDaily
२०८१ मंसिर १६, आईतवार १०:०८ बजे

काठमाडौं– नेपालको पहिलो बैंक नेपाल बैंकका कर्मचारी एवं ग्राहकलाई सिद्धि पोली प्याथ ल्याबमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बैंक लिमिटेड र काठमाडौंको डिल्लीबजारमा रहेकाे सिद्धि पोली प्याथ ल्याबबिच मङ्सिर १२ गते विशेष छुट प्रदान गर्न सम्झौता भएकाे हाे ।

सम्झौता बमोजिम बैंकमा  कर्मचारीहरू एवं ग्राहकहरूलाई ल्याबमा विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशत सम्म छुट हुनेछ ।

सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ल्याबको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरे ।

उक्त सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट प्रदान गरिने biochemistry, hematology, endocrinology, microbiology, infectious disease, hepatitis, HIV, TORCH panels, serology, oncology, ECG, ECHO test, Digital X-ray, Ultrasound जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्ने बैंकले जनाएको छ ।

हाल बैंकका २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटीएम काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न सधैं कटिबद्ध रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily