+
Search

ताजा अपडेट +

पपुलर +

एमालेबाट माओवादीले खोस्यो गाेरखा नगरपालिका-५ को अध्यक्ष

4KNationalDaily
२०८१ मंसिर १६, आईतवार २२:३९ बजे

गाेरखा– गाेरखा नगरपालिका-५ काे वडाध्यक्षमा माओवादी केन्द्रका बिष्‍णुबहादुर मगर निर्वाचित भएका छन् ।

उनले ४८६ मत ल्याएर जितेका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भाई काजी आले बने । आलेले ४०२ मत पाएका छन् ।

नेकपा एमालेकी दूर्गा कुमारी रानाले ३४५ मत पाइन् भने रास्वपाका मंगलबहादुर थापाले ८२ मत पाए ।

२०७९ सालमा भएको स्थानीय तह निर्वाचनबाट विजयी बनेका खिलबहादुर रानाको निधन भएपछि उपनिर्वाचन भएको हो । कुल २२ सय २५ मतदाता रहेको यस वडामा १३ सय ७३ मत मध्ये १८ मत बदर भएको थियो ।

बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टीका रूपेश मगरातीले १० मत मात्र पाएका छन्।

उपनिर्वाचनअन्तर्गत गण्डकी प्रदेशमै यस वडामा मात्र चुनाव भएकाे हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily