+
Search

ताजा अपडेट +

पपुलर +

कीर्तिपुर मेयरमा कांग्रेसका डंगोल ५०० बढी मतान्तरले अगाडि

4KNationalDaily
२०८१ मंसिर १७, सोमबार १२:५८ बजे

काठमाडौं– कीर्तिपुर नगरपालिकाको मेयर पदको मतगणना जारी छ ।

आइतबार भएको उपनिर्वाचनको मतगणनाअन्तर्गत यहाँ नेपाली काँग्रेसका उम्मेदवारको अग्रता कायमै छ ।

पछिल्लो गणनाअनुसार, काँग्रेसका उम्मेदवार कृष्णमान डंगोल एक हजार ८९२ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र मानन्धरले एक हजार ३७८ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ५१४ छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शिवशरण महर्जन एक हजार १८८ मतसहित तेस्रो स्थानमा छन् ।

स्वतन्त्र उम्मेदवार राजमान महर्जन (केटाकेटी चुनाव चिह्न) ७३६ मतसहित चौथो स्थानमा छन् । अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारी (कैँची चुनाव चिह्न) ६४२ मत ल्याएर पाँचौँ स्थानमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily