दोलखा– गौरीशंकर गाउँपालिकाको प्रारम्भिक मत गणनामा माओवादी केन्द्रले अग्रता बनाएको छ ।
आइतबार भएको उपनिर्वाचनको प्रारम्भिक मत गणनामा माओवादी उम्मेदवार निमलेकी शेर्पा करिब ४ सय मतान्तरले अघि छिन् ।
निमलेकीको पक्षमा ८ सय ९ मत प्राप्त भएको छ भने उनलाई एमालेकी उम्मेदवार उमा मगर शेर्पाले पछ्याइरहेकी छिन् । उनको पक्षमा ४ सय ४७ मत प्राप्त भएको छ ।
कांग्रेसकी उम्मेदवार पाशदिकी तामाङ शेर्पाको पक्षमा २ सय ४० मत प्राप्त भएको मुख्यम निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गौरीशंकरमा रास्वपाको गोमा श्रेष्ठले १८ मत ल्याएकी छिन् । गौरीशंखरका तत्कालीन उपाध्यक्ष श्यामसुन्दर तामाङको ३१ असार २०८० मा निधन भएको थियो ।
उनी कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए।
उनको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा उपनिर्वाचन भएको हो।
गौरीशंकरमा आइतबार उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा १५ हजार ७ सय १८ मतदातामा ७ हजार ५ सय ८९ मत खसेको थियो
०७९ को निर्वाचनमा गौरीशंकरको अध्यक्षमा माओवादीबाट विश्वास कार्की निर्वाचित हुँदा कांग्रेसबाट तामाङ विजयी भएका थिए। कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । कांग्रेसका तामाङले उपाध्यक्षमा ४ हजार ७ सय ४१ मत ल्याएर निर्वाचित हुँदा एमालेबाट उम्मेदवार बनेकी मुना शिवाकोटी केसीले ३ हजार २ सय ८१ मत ल्याएकी थिइन् ।
गत निर्वाचनमा प्राप्त मत नतिजा हेर्दा यहाँ माओवादी केन्द्र पहिलो शक्तिको रुपमा देखिन्छ ।
अध्यक्षसहित वडा नम्बर १, २, ३, ७ र ८ माओवादीले जितेको छ । कांग्रेसले ४, ६ र ९ जितेको छ भने एमालेका उम्मेदवारले ५ नम्बर वडामा मात्रै जित निकाल्न सकेका थिए ।
प्रतिक्रिया