+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

4KNationalDaily
२०८१ मंसिर १९, बुधबार १४:३१ बजे

काठमाडौ – नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआईँ सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो।

प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। बीआरआईमा नेपालले चीनसँग ऋण भन्दापनि अनुदानमा पहल गर्ने काँग्रेस र एमालेबीच समझदारी भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily