+
Search

ताजा अपडेट +

पपुलर +

दुईदिन लगातार बढेको सुनको मूल्य आज घट्यो, चाँदी भने महँगियो

4KNationalDaily
२०८१ मंसिर २१, शुक्रबार ११:१७ बजे

काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज बढेको छ । यसअघि प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८९० रुपैयाँ मूल्य कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily