+
Search

ताजा अपडेट +

पपुलर +

वन पैदावारहरू उद्योग व्यवसायसँग जोड्न आवश्यक- वनमन्त्री ठकुरी

4KNationalDaily
२०८१ मंसिर २६, बुधबार १२:५३ बजे

काठमाडौं– वन तथा वातावारणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनबाट उत्पादन भएका वन पैदावारहरू उद्योग व्यवसायसँग जोड्न आवश्यक रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रको समेत सहभागितामा वनबाट उत्पादन भएका वन पैदावारको प्रशोधन तथा बहु उपयोगी वस्तु र सेवाको उत्पादन गरी स्थानीय समुदायको आम्दानी एव रोजगारीको स्रोत उत्पादन गर्नुपर्ने बताए ।

उनले भने, ‘वनबाट उत्पादन भएका वनपैदावारहरु उद्योग व्यवसायसँग जोड्नुपर्ने बेला आएको छ । निजी क्षेत्रको समेत सहभागितामा वनबाट उत्पादन भएका वन पैदावारको प्रशोधन तथा बहु उपयोगी वस्तु र सेवाको उत्पादन गरी मूल्य अभिवृद्धि मार्फत स्थानीय समुदायको आम्दानी र रोजगारीको श्रोत उत्पादन गर्नुपर्ने हुन्छ ।’

उनले सामुदायिक वनमा नेपालले प्राप्त गरेको सफलता र जैविक विविधता संरक्षणमा गरेको योगदान अन्य मुलुकहरूको लागि प्रेरणाको स्रोत बनेको उनको भनाइ छ । उनले भने,‘सामुदायिक वनमा प्राप्त गरेको सफलता र जैविक विविधता संरक्षणमा हामीले देखाएको प्रतिबद्धता र गरेको योगदान आज अन्य मुलुकहरूको लागि प्रेरणाको स्रोत बनेको छ । देशको आर्थिक तथा सामाजिक अवस्थामा आएको परिवर्तनको कारण बसाइसराइले गर्दा वनमाथिको दृढता घट्दै गएको छ।’

जैविक विविधता संरक्षण एव जलवायु परिवर्तन र जलवायु उत्थानशीलतालाई एकीकृत गर्न नीतिहरूलाई समय समयमा पुनर्विचार गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily