+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंका पहिलो मेयर पिएल सिंहको निधन, महानगरले दियाे शोक बिदा

4KNationalDaily
२०८१ पुष १, सोमबार १०:२९ बजे

काठमाडौं- काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका सिंहको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए ।

२०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए । पञ्चायत व्यवस्थापछि सिंह काठमाडौंका पहिलो मेयर हुन् ।  सिंहको निधनमा काठमाडौं  महानगरले शोक बिदा दिएको छ ।

महानगरपालिका र मातहतका कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज शोक बिदा दिइएको हो ।

सिंह २०४९ सालमा तत्कालीन नगरपालिकाको मेयर निर्वाचित भएका थिए । उनको समेत पहलमा नगरपालिकालाई २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरिएको थियो ।

सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे निधन भएको थियो । उनले सर्वमान्य नेता गणेशमान सिंहको प्रमुख सहयोगी भएर काम गरेका थिए ।

उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिएको छ । त्यपछि दिउँसो १२ बजेदेखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।

उनको आजै कंकेश्वरी मन्दिरनेर रहेको लख तीर्थमा अन्त्येष्टि गरिने छ । पीएल सिंह अविवाहित हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily