काठमाडौं– एनआईसी एसिया बैंक झन् पछि झन् कमजोर बनेको छ । पछिल्लो समयको तथ्यांकले बैंकको नाफा ह्वात्तै घटेको छ भने निष्क्रिय अर्थात् खराब कर्जा पनि उत्तिकै रहेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार एनआइसी एसिया बैंकको मुनाफा सर्वाधिक ७१.८३ प्रतिशतले घटेको छ ।
यस्तै यस बैंकको सबैभन्दा कम घनात्मक प्रतिसेयर आम्दानी देखिएको छ । यसको इपीएस २.६० रहेको छ । पहिलो त्रैमासमा यस बैंकको खुद निष्क्रिय कर्जा अनुपात (नेट एनपीएल) ४.२४ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा अनुपात भने २.०८ प्रतिशतमा कायम भएको छ
उच्च गैरबैंकिङ सम्पत्ति
एनआईसी बैंकको गैरबैंकिङ सम्पत्ति उच्च रहेको छ । यस बैंकसँग बैंकसँग ४ अर्ब २२ करोड रुपैयाँ गैरबैंकिङ सम्पत्ति छ । पछिल्ला दिनहरूमा यस बैंकले प्रकाशित गर्ने धितो लिलामीका सूचनाहरू पत्रपत्रिका र अनलाइनमा प्रकाशित गरे पनि बिक्री हुन सकेको छैन ।
खराब कर्जाको अनुपात चुलिएजस्तै लिलामीमा राखिएका धितोबापतका सम्पत्ति समेत बिक्री नहुनु यस बैंकका लागि टाउको दुखाइको विषय बनेको छ ।
काण्डै काण्डले भरिएको बैंक
नेपालमा सञ्चालित बैंकहरुमध्ये सबैभन्दा धेरै काण्डै काण्ड हुने बैंकको शीर्ष स्थानमा एनआईसी एसिया बैंकलाई लिन सकिन्छ ।
यो बैंकले ग्राहकलाई दुःख दिनेदेखि लिएर बैंकका कर्मचारीहरूको समेत श्रम शोषण गर्ने गरेका समय–समय तथ्यहरू बाहिर आएका छन् । विगतमा सबैभन्दा विश्वासिलो र भरपर्दो दाबी गरिए पनि बैंकप्रति अहिले सेवाग्राहीको विश्वास घट्दै गएको छ । केही समय अघि बैंकले ग्राहक ठग्नको लागि बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको समेत प्रमाणित समेत भइसकेको छ ।
त्यस्तै, एनआईसीमा कर्मचारीको मिलेमतोमा ग्राहकको पैसा चोरी हुन्छ भने कहिले साइबर सुरक्षामा ध्यान नदिँदा ह्याक भएर पैसा चोरी हुने र खातामा पैसा हुँदा पनि बैंकले दिनेसम्मका हर्कत गर्ने गरेका गुनासाहरू आउने गरेका छन् ।
राष्ट्र बैंकको नीतिभन्दा विपरीत गएर बैंकले कर्जा प्रवाह गरेको र आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेस गरेको राष्ट्र बैंकको प्रारम्भिक अध्ययनले समेत प्रमाणित गरेको थियो । बैंकले पुँजी कोष मिलान गर्न वासेल रिपोर्टमा १ खर्ब ३४ अर्ब रुपैयाँको फर्जी कर्जा समेत देखाएर विवरण पठाएको थियो । त्यति बेला बैंकको २ खर्ब ९३ अर्ब कुल कर्जा प्रवाहमध्ये आवासीय कर्जामा करिब ४७ प्रतिशत देखाइएको थियो ।
घट्दो जनविश्वास
एनआईसी एसिया बैंकले पछिल्लो समय जनविश्वास गुमाउँदै गएको छ । बैंकले ओभर भ्यालुएसन गरेर ग्राहकलाई कर्जा दिने र कर्जाको किस्ता बुझाउन केही ढिला भएपछि धितो लिलामीको नाममा जफत गर्ने गरेको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थामध्ये एनआईसी एसिया बैंकले ऋणको घरजग्गा कब्जा गरेपछि सबैभन्दा बढी मुद्दा खेपिरहनु परेको छ ।
किस्ता तिर्न ढिलो भएका ऋणीको घरमा सुरक्षा गार्ड नै राखेर मानसिक यातना र सामाजिक बेइज्जती गर्ने गरेको छ । बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको प्रमाणित भई सकेको छ । ऋण स्वीकृत गरेको व्यक्तिको रकम आफैँ निकालेर अपचलन गरेको घटनाले समेत यस बैंकप्रति पछिल्लो समय ग्राहकले विश्वास गुमाउँदै गएका छन् ।
राष्ट्र बैंकको नीतिभन्दा विपरीत गएर बैंकले कर्जा प्रवाह गरेको र आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेस गरेको राष्ट्र बैंकको प्रारम्भिक अध्ययनले समेत प्रामाणित गरेको थियो ।
याे पनि,
संकटमा एनआईसी एसिया, धमाधम बेच्न थाल्यो स्वामित्वको सेयर
‘बैंक पनि साथी पनि’ भन्दै साथीलाई नै लुट्दै एनआईसी एसिया बैंक
काण्डै-काण्डपछि संकटको बाटोमा एनआईसी एशिया : नाफामा उच्च गिरावट, कर्जा असुली गर्न छुट तर ‘असफल’
संकटको बाटो पछ्याउँदै एनआईसी एसिया, निफ्राबाट किन बाहिरियो?
बैंकको आतंक बढ्दै, ऋणीलाई दिनरात टर्चर दिदैं एनआइसी एसिया, राष्ट्र बैक मूकदर्शक!
धापासीको अर्बौँको जग्गा कौडीको भाउमा कब्जा गर्दै ‘एनआईसी एशिया’
संकटमा एनआइसी: ‘रिकभरी’मा समस्यापछि भाखा नाघेका ऋणीलाई भुक्तानीमा छुट
संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’
संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’
संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित
प्रतिक्रिया