+
Search

ताजा अपडेट +

पपुलर +

घरजग्गाको कारोबारमा देखियो सुधार, एक महिनामै करिब ४ अर्ब राजश्व संकलन

4KNationalDaily
२०८१ पुष ३, बुधबार ०७:१५ बजे

काठमाडौं– अघिल्लो महिनाको तुलनामा गत मंसिरमा घर जग्गाको कारोबारबाट संकलन हुने राजश्वमा वृद्धि भएको छ ।

गत कात्तिकमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजश्व संकलन भएकामा मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर संकलन भएको हो ।

मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले ३३ करोड ९५ लाख दुई हजार आठ सय ७३ बराबरको राजश्व संकलन गरेको छ ।

काठमाडौँ उपत्यकामा नौ वटा मालपोत कार्यालय छन् । तीमध्ये मालपोत कार्यालय कलंकिले २६ करोड ५७ लाख २५ हजार चार सय २५, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार आठ सय १५, साँखुले सात करोड ५० लाख २२ हजार छ सय २९, मनमैजुले सात करोड २६ लाख ३४ हजार दुई सय ३३, टोखाले सात करोड १२ लाख ४५ हजार सात सय ६५ बराबरको राजश्व संकलन गरेको  छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख १० हजार तीन सय ९१, मालपोत कार्यालय चितवनले ३५ करोड ९८ लाख ३१ हजार एक सय ८४ बराबरको राजश्व संकलन गरेको छ ।

विभागमा अनुसार मङ्सिरमा सेवा कर २६ करोड छ लाख २५ हजार छ सय ९०, रजिष्ट्रेशन दस्तुर दुई अर्ब ६३ करोड ७८ लाख १२ हजार तीन सय ४० बराबर संकलन गरेको छ ।

एक अर्ब ३१ कोड ६३ लाख ४३ हजार सात सय १४ बराबरको पुँजीगत लाभकर संकलन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily