+
Search

ताजा अपडेट +

पपुलर +

१ लाख ४८ हजारमा झर्‍यो सुनको भाउ

4KNationalDaily
२०८१ पुष ५, शुक्रबार ११:५१ बजे

काठमाडौं– नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि २० रुपैयाँले घट्दै प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily