फाइल तस्बिर
काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।
प्रसाईंलाई शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतमा झिकाउन आदेश भएको थियो । सो मुद्दामा आदेश जारी भएको हो ।
प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।
रिहा भएसँगै उनले सञ्चारकर्मीसँग भनेका छन्, ‘अदालतले मलाई न्याय दिएको छ । सम्पूर्ण साइबर परिवारलाई धन्यवाद ।’ उनले आफू हिरासतमा हुँदा प्रहरीले परिवारको व्यवहार गरेको पनि बताए ।
प्रतिक्रिया