+
Search

ताजा अपडेट +

पपुलर +

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

4KNationalDaily
२०८१ पुष ८, सोमबार ०८:३४ बजे

काठमाडौं– पश्चिम नेपालबाट आजदेखि हिउँदे वर्षा सुरु हुँदैछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुनेछ ।

काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउनेछ । तर, त्यो पनि पश्चिम नेपालमा मात्र रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

आज तराई र उपत्यकाक केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको छ । यसले यातायात क्षेत्रमा केही असर पर्न सक्ने भएकोले सावधानी अपनाउन सचेत गराइएको छ ।

यसका साथै उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुँदा जाडो बढ्ने र जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily