+
Search

ताजा अपडेट +

पपुलर +

लक्ष्मी सनराइज बैंकले वित्तीय दुरुपयोग समाधान गर्न आईएफसीसँग साझेदारी गर्ने

4KNationalDaily
२०८१ पुष ८, सोमबार १९:१० बजे

काठमाडौं– लक्ष्मी सनराइज बैंकले वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग साझेदारी गर्ने भएको छ। बैंकले आईएफसीको ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ।

आईएफसीले ‘एम्पावर फाइनान्स एलायन्स’ मार्फत बैंकलाई सुरक्षित बैंकिङ सेवा विकास गर्न आवश्यक मार्ग निर्देशन गर्नेछ।

यसले बैंकलाई वित्तीय दुरुपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयनको अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पुर्‍याउने बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बताए।

‘यो साझेदारी बैंकिङ क्षेत्रमा वित्तीय दुरुपयोग जस्तो महत्त्वपूर्ण र प्रायः बेवास्ता गरिने समस्यालाई समाधान गर्नेतर्फ एक महत्वपूर्ण कदम हो,’ उनले भने।

आईएफसीका का बङ्गलादेश, भुटान र नेपालका देशीय प्रबन्धक मार्टिन होल्टमानले साझेदारीमार्फत बैंकमा मानकहरू लागू गरी प्रणालीगत सुधार ल्याउन र वित्तीय गतिविधिका लागि सुरक्षित वातावरण सिर्जना गर्ने बताए।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily