+
Search

ताजा अपडेट +

पपुलर +

पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय

4KNationalDaily
२०८१ पुष १०, बुधबार १०:५१ बजे

वीरगञ्ज- संघीय मन्त्रिपरिषद्को मंलबारको बैठकले पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

भूमिसुधार तथा मालपोत र नापी कार्यालय ग्रामीण भेगका सेवाग्राहीका निम्ति अपायक भएकाले सरकारले पोखरियामा मालपोत र नापी कार्यालय स्थापनाको निर्णय गरेको हो ।

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सामाजिक सञ्जालमार्फत दुई कार्यालय स्थापनाबारे भएको निर्णय सार्वजनिक गर्दै ‘यो महत्त्वपूर्ण कदमले पोखरियालगायत ग्रामीण भेगमा बसोबास गर्ने सम्पूर्ण गाउँवासीलाई सरकारी सेवामा सहज पहुँच पुर्याउन ठूलो सहयोग पुग्ने मेरो विश्वास छ”, भनेका छन् ।

खानेपानीमन्त्री प्रदीप यादवले पनि मन्त्रिपरिषद् बैठकले पर्सामा जनसङ्ख्याको चाप, सेवाको अवस्था एवं लागतलाई विश्लेषण गरेर सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन पोखरियामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily