काठमाडौं– नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचार अनि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो ।
मेयर बस्नेतले ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको सो रकम बढाएर १३ करोड १२ लाख ७३ हजार ३२ पुर्याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
उनकी श्रीमती उर्मिला बस्नेतसमेत भ्रष्टाचारमा मतियार बनेको भन्दै सजायको माग गरिएको छ।
त्यस्तै पद्मा मर्चेन्ट कम्पनी प्रालि, पद्मा कोलोनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलविरुद्ध पनि सजाय माग गर्दै मुद्दा दायर गरिएको छ।
प्रतिक्रिया