+
Search

ताजा अपडेट +

पपुलर +

स्मार्ट च्वाइस र एभरेष्ट बैंकबीच सम्झौता

4KNationalDaily
२०८१ पुष १७, बुधबार १९:२२ बजे

काठमाडौं– भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र एभरेष्ट बैंक लिमिटेडबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार एभरेस्ट बैंकका ग्राहकहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम प्राप्त गर्ने सक्नेछन्।

विगत दुई दशकदेखि कार्ड, क्यूआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ लगायत विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाइसले स्मार्ट पे ब्रान्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुरु गरेको हो ।

यस सेवा मार्फत बैंक तथा वित्तीय संस्था लगायत रेमिट्यान्स कम्पनी, ब्रोकर हाउस, बीमा कम्पनी तथा ठूला कर्पोरेटहरूले सेवाग्राहीका लागि देशभरिका जुनसुकै बैंक खातामा सहज र छिटो रकमान्तर गर्न सक्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily