+
Search

ताजा अपडेट +

पपुलर +

५.९ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको न्यूनतम तापक्रम

4KNationalDaily
२०८१ पुष २०, शनिबार १०:३२ बजे

काठमाडौं– काठमाडौंमा चिसो बढेको छ ।

शनिवार बिहान ६ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि शुक्रवार न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो । गत शुक्रवार यता काठमाडौंको न्यूनतम तापक्रम हल्का बढिरहेको छ । त्यस दिन ४ डिग्री सेल्सियस मापन भएको थियो ।

आज काठमाडौंको अधिकतम तापक्रम भने केही बढेर १९ देखि २१ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ ।

काठमाडौंको आकाशमा बादल भएका कारण न्यूनतम तापक्रम केही बढेको हो।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily