काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५० मिनेटमा त्यस क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । उनका अनुसार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।
नेपालको उत्तरपूर्व सीमा नजिकै चीनको डिङ्गयी काउन्टी केन्द्र भएर ७ रेक्टर स्केलको भूकम्प गएको छ।नेपालको ताप्लेजुङ,संखुवासभा,सोलुखुम्बु,दोलखा,सिन्धुपाल्चोक, रसुवा,उत्तरी धादिङमा असर पारेको हुन सक्छ। जिप्रकाहरूबाट सूचना सङ्कलन भैरहेको छ।
तपाईको तिर कस्तो अवस्था छ?जानकारी गराउनुहोला।— NDRRMA (@NDRRMA_Nepal) January 7, 2025
मंगलबार बिहान काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भुकम्पको धक्का महसुस भएको थियो ।
प्रतिक्रिया