+
Search

ताजा अपडेट +

पपुलर +

दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार?

4KNationalDaily
२०८१ पुष २४, बुधबार ११:०६ बजे

काठमाडौं– नेपाली बजारमा बुधवार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ ।

सोमबार र म‌ंगलबार स्थिर रहेको सुन यस दिन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य बढेको छ ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी तोलामा एक हजार ८३० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा खरिद बिक्री भइरहेको छ ।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily