+
Search

ताजा अपडेट +

पपुलर +

धरौटी बुझाए पनि रवि तत्काल नछुट्ने, काठमाडौं प्रहरीलाई जिम्मा लगाउने

4KNationalDaily
२०८१ पुष २५, बिहीबार १८:३८ बजे

काठमाडौं- अदालतले छोड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने तत्काल नछुट्ने भएका छन् । काठमाडौं प्रहरी उनलाई पुनः पक्राउ गर्न तयार भएर बसेको छ ।

सहकारी ठगी मुद्दामा रविलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको हो । तर, उनी ‘छुटी जाने भएमा प्रहरीकै जिम्मा दिनु’ भन्ने मागबमोजिम अदालतले उनलाई प्रहरीकै जिम्मा दिन लागेको स्रोतले जनायो ।

रविविरुद्ध दायर भएको आर्थिक अपचलनसम्बन्धी मुद्दामा धरौटीमा रिहा भए पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा केही आदेश नआएको प्रहरी स्रोतको भनाइ छ ।

रविविरुद्ध काठमाडौं प्रहरीले आइतबार र रुपन्देही प्रहरीले मंगलबार सोही प्रकृतिको मुद्दा दायर गरेका कारण कास्की प्रहरीले उनलाई ती जिल्लामा पठाउने प्रहरी स्रोतले जनाएको छ ।

रविसहितका प्रतिवादीविरुद्ध कास्की, काठमाडौं, रुपन्देहीसहित चितवन र पर्सा प्रहरीले सहकारी ठगी मुद्दा अगाडि बढाइएका छन् । सबै जिल्लाका अदालतको मुद्दा किनारा नलागी उनलाई रिहा गर्न नसकिने प्रहरीकाे दाबी छ।

काठमाडौंमा भने रविविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ ।

आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily