+
Search

ताजा अपडेट +

पपुलर +

लक्ष्मी सन्‌राइज बैंकले ५ प्रतिशत बोनस सेयर बाँड्ने

4KNationalDaily
२०८१ पुष २६, शुक्रबार ०९:०७ बजे

काठमाडौं- लक्ष्मी सन्‌राइज बैंक लिमिटेडले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ।

बैंकको बिहीबार काठमाडौंमा सम्पन्न चौबिसौं वार्षिक साधारणसभाले बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड पुगेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ। साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ।

आ.व. २०८०/८१ मा ३३३ अर्ब निक्षेप र २५८ अर्ब कर्जा पुर्‍याएको सो बैंकको वासलातको आकार ३९५ अर्ब रहेको छ। सो आ.व.मा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily