+
Search

ताजा अपडेट +

पपुलर +

सहकारी पीडितका वकिलमाथि रास्वपा कार्यकर्ताको आक्रमण प्रयास

4KNationalDaily
२०८१ माघ २, बुधबार १७:१० बजे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता कुटिएका छन् ।

सहकारी पीडितको पक्षबाट पोखरा र काठमाडौं दुवै अदालतमा बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठी कुटिएका हुन ।

रवि लामिछानेको थुनछेक बहस सकिएर आदेश पर्खिरहेको बेला बाहिर निस्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसर भित्रै कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अहिले स्थितिलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने त्रिपाठीलाई प्रदर्शनकारीबाट सुरक्षित स्थानमा राखिएको छ।

अदालतले लामिछानेलाई थुन्ने कि धरौटीमा रिहा गर्ने भन्ने निर्क्योल हुन बाँकी रहेका बेला लामिछानेका समर्थक भने अदालत बाहिर जम्मा भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily