+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ दलहरु पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: राजेन्द्र लिङ्देन

4KNationalDaily
२०८१ माघ ५, शनिबार १५:०९ बजे

हेटौँडा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका दलहरू पनि अरूलाई देखाएर आफूहरूले पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगेको बताएका छन् ।

राप्रपा मकवानपुरले हेटौँडामा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष लिङ्देनले नयाँ भनिएका दलका नेता कार्यकर्ताहरू अरू दलका नेताले त्यति धेरै खाए हामीले चैँ यति खादा पनि थुनिनु पर्ने भन्ने विन्दुमा पुग्नु लज्जास्पद विषय भएको बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले काङ्ग्रेस-एमालेको गठबन्धनको सरकार भ्रष्टाचारको आरोपबाट मुक्त हुनको लागि निर्माण भएको प्रमाणित भएको बताए । यो सरकार निर्माण भएको छ महिनाको अवधिले काङ्ग्रेस-एमाले किन मिलेको भन्ने प्रमाणित भएको बताए ।

आज देशको राष्ट्रियता कमजोर भएको बताउँदै देश अहिले भू-राजनीतिक चक्रब्युमा परेको बताए । हाम्रो देशमा विदेशी चलखेल बढेको बताउँदै अध्यक्ष लिङ्देनले यो अवस्थाको निर्माण तिनै दलहरूले गरेको दाबी गरे ।

देश अहिले निकै अप्ठेरो अवस्थामा रहेको बताउँदै उनले देशमा अहिले चरम निराशा बढेको, युवाहरूले देश छाड्ने दर ह्वात्तै बढेको बताउँदै देश गम्भीर मोडमा पुगेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily