+
Search

ताजा अपडेट +

पपुलर +

आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कतिमा हुदैं छ काराेबार?

4KNationalDaily
२०८१ माघ ६, आईतवार ११:३६ बजे

काठमाडौं– केही दिनयता बढेको सुनको भाउ आज घटेको छ । नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा ८ सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ८ सयले घटेर तोलाको १ लाख ५७ हजार १ सयमा कारोबार भइरहेको छ ।

गत शुक्रबार १ हजार ३ सय बढेर तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

बिहीबार १ हजार २ सयले बढेर १ लाख ५६ हजार ६सय र बुधबार ४ सयले बढेर १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको भाउ पनि घटेको छ ।

महासंघका अनुसार आयतबार चाँदी ३० ले घटेर तोलामा १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार १० ले बढेर १ हजार ८ सय ९० तथा बिहीबार ५० ले बढेर तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily