+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकको नाफा ८४ प्रतिशत बढ्यो, प्रति सेयर आम्दानी कति ?

4KNationalDaily
२०८१ माघ ७, सोमबार ०९:४५ बजे

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा ८४.४९ प्रतिशत बढेको छ ।

सोमबार प्रकाशित बैंकको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रभुले यस अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष त्यस अवधिमा बैंकको नाफा ७२ करोड मात्रै थियो ।

बैंकले खुद नाफा वृद्धि गरे पनि वितरणयोग्य नाफामा भने ठूलो गिरावट आएको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३३ करोडले ऋणात्मक छ । गत वर्ष यस्तो नाफा १ अर्ब ८६ करोडले ऋणात्मक थियो ।

बैंकले ब्याज आम्दानी तथा कमिसन एवम् शुल्कबापतको आम्दानी दुवै सामान्य बढाएको तथा इम्पेयरमेन्ट शुल्क घटाएकाले नाफामा वृद्धि भएको देखिन्छ । गत वर्ष १ अर्ब २६ करोड रहेको बैंकको इम्पेयरमेन्ट शुल्क अहिले ८१ करोडमा झरेको छ ।

नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ११ रुपैयाँ पुगेको छ भने पीई रेसियो १९.३६ मा झरेको छ ।

बैंकको चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ छ ।

बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३३ करोड रुपैयाँ ऋणात्मक छ । बैंकको प्रति सेयर आम्दानी ११ रुपैयाँ ३५ पैसा, प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा रहेको छ । बैंकको खराब कर्जा ५.०६ प्रतिशत छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily