+
Search

ताजा अपडेट +

पपुलर +

कृषि विकास बैंकको नाफा २९ प्रतिशत घट्यो

4KNationalDaily
२०८१ माघ ७, सोमबार ०९:५३ बजे

काठमाडौं– कृषि विकास बैंकको नाफामा २९ प्रतिशतले गिरावट आएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९५ करोड ७५ लाख रुपैयाँ छ । यस्तो नाफा गत आवको यसै अवधिमा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी नै १ अर्ब घट्दा कम्पनीको नाफमा असर परेको देखिन्छ । यस्तो आम्दानी पहिले ४ अर्ब ४८ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ ।

लोन लस प्रोभिजन केही घटेको छ । यस्तो रकम पहिले १ अर्ब ९ करोड रुपैयाँ रहेकोमा अहिले ८५ करोड रुपैयाँ छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा छ ।

कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.९ प्रतिशत छ । पहिले ३.०२ प्रतिशत थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily