+
Search

ताजा अपडेट +

पपुलर +

क्रान्तिकारीको केन्द्रीय निर्वाचन आयोग संयोजकमा गोरखाका देवकोटाको उम्मेदवारी

4KNationalDaily
२०८१ माघ ८, मंगलवार २१:२५ बजे

गोरखा– अखिल (क्रान्तिकारी) को केन्द्रीय निर्वाचन आयोगको संयोजक पदमा गोरखाका नवीन देवकोटा उम्मेदवार बनेका छन्।

संगठनमा लामो समयदेखि सक्रिय रहेका देवकोटाले विद्यार्थी आन्दोलन र संगठन निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने संकल्पका साथ केन्द्रीय निर्वाचन आयोगको संयोजक पदमा उम्मेदवारी दिएकाे बताए ।

क्रान्तिकारीको नेतृत्व चयन प्रक्रियामा सहमति जुट्न नसकेपछि चुनाव हुने तय भएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठकमा क्रान्तिकारीका पदाधिकारीबारे सहमति नजुटेपछि चुनाव हुने भएको हो। मंगलबार खुमलटारमा बसेको पदाधिकारी बैठकमा सहमति नजुटेपछि क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि चुनावमै जाने निर्णय भएको थियो।

बैठकअघि अध्यक्ष प्रचण्डले क्रान्तिकारीको अध्यक्षका दाबेदारलाई खुमलटार निवासमै बोलाएर धारणा बुझेका थिए। दाबेदारहरू पछि हट्ने सम्भावना नदेखेपछि उनले पदाधिकारी बैठकमै सो एजेन्डामा छलफल गरी चुनावमा जाने निर्णय भएको थियो।

पदाधिकारीको निर्णयसँगै क्रान्तिकारीको विभिन्न पदमा मनोनयन प्रक्रिया सुरु भएको छ। निर्वाचन समितिले ९ बजेसम्म उम्मेदवारी मनोनयन गर्न समय तोकेको थियो। यसअघि साँझ ६ बजेसम्मको समय तोकिएको थियो। अनलाइनबाट मनोनयन गर्दा ढिलाइ भएपछि समय थप गरिएको हो।

देवकोटाको उम्मेदवारी र प्राथमिकता

देवकोटाले आफ्नो उम्मेदवारी घोषणा गर्दै विद्यार्थीहरूको हकहित संरक्षण, संगठनको सुदृढीकरण, र नेतृत्वमा पारदर्शिता स्थापित गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्। उनले भने, ‘विद्यार्थीहरूको आवाजलाई सशक्त बनाउँदै संगठनलाई अझ क्रियाशील बनाउन म कटिबद्ध छु।’

क्रान्तिकारीको नेतृत्व निर्वाचन मार्फत हुने भएपछि विद्यार्थीमाझ थप उत्सुकता र चर्चा बढाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily