+
Search

ताजा अपडेट +

पपुलर +

अध्यादेशबाटै जन्मिएको पार्टीले विरोध गर्दा अचम्म लाग्छ : योगेश भट्टराई

4KNationalDaily
२०८१ माघ १८, शुक्रबार १५:१९ बजे

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीप्रति कटाक्ष गरेका छन्।

अध्यादेशबाट जन्मिएको पार्टी भन्दै उनले त्यही पार्टीले अध्यादेश ठिक छैन भन्दै हिँडेको बताए। ‘२०७८ सालमा १६ वटा अध्यादेश आएका रहेछन्, त्यतिबेला त एमाले सरकारमा थिएन, त्यो बेला एमाले पार्टी नै फुटाइयो,’ उनले भने, ‘जुन अध्यादेशबाट पार्टी जन्मियो, त्यही पार्टी अध्यादेश ठिक छैन भन्छ। के हुन लागेको यो अचम्मै हुँदैछ नेपालमा।’

उनले केपी ओलीले मात्रै अध्यादेश ल्याएको पुष्पकमल दाहालको पालामा समेत अध्यादेश आएको स्मरण गरे।

उनले अध्यादेशका प्रावधान रहेको भन्दै उनले सरकारलाई संवैधानिक तरिकाले चलाउन अध्यादेश चाहिने बताए। उनले अध्यादेशका कन्टेन्टमा असहमति भए प्रतिस्थापन विधेयक ल्याउन दाहाललाई सुझाव दिए।

‘प्रतिस्थापन विधेयक तपाईँकै नामबाट आओस्, छलफल गर्न तयार छौँ,’ उनले भने।

सरकारले सुकुम्वासी समस्यादेखि उद्योगी व्यवसायीका समस्या समाधान गर्न अध्यादेश ल्याएको भन्दै आवश्यक छलफल गरेर पारित गर्नुपर्नेमा जोड दिए। उनले सरकारले ल्याएका सबै अध्यादेशको बचाउ गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily