+
Search

ताजा अपडेट +

पपुलर +

बालेनलाई सांसद सिंहको चुनौती :हिम्मत भए संसद् भवन भत्काएर देखाऊ

4KNationalDaily
२०८१ माघ २८, सोमबार १७:४२ बजे

काठमाडौं– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलर र मुसोलिनीको शैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको भन्दै हिम्मत भए संसद् भवनदेखि शीतल निवास भत्काएर देखाऊ भन्दै चुनौती दिए ।

उनले बालेनलाई च्यालेज गर्दै भने, ‘म बालेनलाई चुनौती दिन चाहन्छु । हिम्मत भए संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतल निवास भत्काएर देखाऊ । यो नाजीवाद शैली काठमाडौं मेयरको चल्दैन । यो कानुन र न्याय नभएको देश हो । त्यो मेयर कुन तानासाह भएर निस्किएको छ ? मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको ?’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily