+
Search

ताजा अपडेट +

पपुलर +

कम्युनिष्टहरुले कांग्रेसको विचार आत्मासाथ गरिरहेका छन् : मन्त्री पौडेल

4KNationalDaily
२०८१ माघ २८, सोमबार १८:०० बजे

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले कम्युनिष्टहरुले नेपाली कांग्रेसको विचार आत्मासाथ गरिरहेको बताएका छन् ।

सोमबार ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेस कम्युनिस्टको विचारमा गयो भन्ने टिप्पणी भइरहेको भन्दै उनले कम्युनिष्टहरुले चाहिँ कांग्रेसको विचार आत्मासाथ गरेको प्रस्ट पारे ।

उनले भने,‘कांग्रेस पार्टी नेपालको राष्ट्रिय राजनीतिको विश्वविद्यालय हो । यही विश्वविद्यालयमा पढेर अरू नेताहरूले दल खोल्नुभयो । दलको नेता बन्नुभयो । मान्छेहरू भन्ने गर्छन् कांग्रेस कम्युनिस्टको विचारमा गयो । तर होइन । कम्युनिस्ट कांग्रेसको विचारमा आएको हो । नेपाली कांग्रेसको विचार कम्युनिष्टहरुले आत्मासाथ गरेका हुन् ।’

त्यस्तै उनले कांग्रेसले जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्त्व दिइरहेको बताए । आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत सङ्ख्यामा सीमित नरहेको भन्दै आलोचनात्मक कोणबाट नभई अझै परिष्कृत हुन जरुरी रहेको बताए ।

‘प्रतिस्पर्धीसँगै हामी सत्तामा बसेको स्थिति छ । सत्तालाई विशेष महत्त्व दिएर गएका हौँ । जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्त्व दिएका छौँ । निर्वाचन प्रतिस्पर्धात्मक हुन्छ नै तर आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत सङ्ख्यामा सीमित छैनन् । बढेको स्थिति छ । विभिन्न कोण प्रश्न उठाउने बढेर गएका छन् । त्यसैले आलोचनात्मक कोणबाट होइन हामी अझै परिष्कृत हुन जरुरी छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily