+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड र मैले सल्लाह गरेर अध्यादेश झुन्ड्याइदियौं, मेरो बोली बिक्छ : माधव नेपाल

4KNationalDaily
२०८१ फाल्गुन ३, शनिबार २०:१८ बजे

काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले केपी ओलीको नीजि आदेश चल्ने गरेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले ‘केपी बा’को पार्टी भएको र त्यहाँ उनको मात्र आदेश चल्ने भन्दै कम्युनिस्ट पार्टीको चरित्र गुमाएको बताए ।

उनले भने, ‘नेकपा एमाले पार्टी नेकपा एमाले होइन, ‘केपी बा’को पार्टी हो । केपी बा को पार्टी भएको हुनाले उहाँको त्यहाँ आदेश चल्छ । कम्युनिस्ट पार्टीको चरित्र गुमाएको छ । उहाँको नीजि आदेश मात्र चल्छ । उहाँले जुन विचार भन्नुहुन्छ, निर्देशन दिनुहुन्छ, निर्णय गर्नुहुन्छ त्यसको पालन मात्र गर्नुपर्ने हुन्छ । अरू कुनै विकल्प छैन । त्यसैले त्यो पार्टी पार्टीका रूपमा छैन ।’

ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश आफूहरुले थन्काइदिएको दाबी गरेका छन् । विपक्षीहरुसँग छलफल गरेरै नै सरकारले ल्याएको अध्यादेश रोकेको सुनाए ।

उनले भने, ‘हामीले राष्ट्रियसभा र प्रतिनिधिसभामा हामीले महत्वपूर्ण भूमिका खेलेका छौं । अहिले केपी ओलीको यो अध्यादेश अहिले यत्तिकै थन्किएको छ, झुन्डिएको छ । यो कसको कारणले हो ? हाम्रो कारणले हो । यो हेक्का होस्, सबैलाई हामीले पहल गर्‍यौं सबैलाई, हामी एक्लै लड्न त सम्भव छैन । हामी र माओवादी पार्टीले पहल गर्‍यौं । दुवैले सल्लाह गर्‍यौं । प्रचण्डजीले तपाईंले यसमा भूमिका खेल्नुस् भन्नुभयो । किनभने मान्छेको पनि बोली बिक्दछ ।’

उनले पद ओगटेर बसेर र गफ गरेर पार्टी नबढ्ने भन्दै गाउँ गाउँमा गएर जनताको समस्या उजागर गर्ने काममा लाग्नुपर्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily