+
Search

ताजा अपडेट +

पपुलर +

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गर्‍यो स्ववियु निर्वाचनकाे तालिका

4KNationalDaily
२०८१ फाल्गुन ९, शुक्रबार १८:१३ बजे

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।

त्रिविले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ । २१ गते मतदाता सूची प्रकाशन गरिनेछ ।त्यस्तै २७ गते उम्मेदवारी दर्ता गर्न सकिने जनाइएकाे छ ।

त्यस्तै उम्मेदवारहरूको लागि चैत २ गते राती १२ बजेपछि मौन अवधि लागू हुनेछ भने चैत ५ गते बिहान ८ बजेदेखि दिउँसाे ४ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily